विश्वकपको सुपर ८ : इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज « Khabarhub

विश्वकपको सुपर ८ : इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा अहिले वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध ब्याटिङ गर्दैछ।

टस जितेर इंग्ल्यान्डले सुरुमा फिल्डिङ गर्ने निर्णय लिएपछि वेस्ट इन्डिजले ब्याटिङ गरेको हो । विश्वकप सुपर ८ को समूह–२ मा रहेका इंग्ल्याण्ड र वेस्ट इन्डिज चिरप्रतिद्वन्द्वी टिम हुन् ।

समूह चरणका सबै खेलमा विजयी भएको वेस्टइन्डिज अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । वेस्ट इन्डिजले समूह चरणको पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो। तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिजले समूह ‘सी’को चौथो खेलमा अफगानिस्तानमाथि १०४ रनको शानदार जित निकालेको थियो।

बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : १९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने