बागमतीसहित चार प्रदेशमा वर्षा, सतर्क रहन आग्रह « Khabarhub

बागमतीसहित चार प्रदेशमा वर्षा, सतर्क रहन आग्रह


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ ।

यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमतीमा पूर्ण बदली तथा गण्डकी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही तथ सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा रातिदेखि नै वर्षा जारी रहेको छ ।

महाशाखाका अनुसार पूर्वी नेपालका सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले यी क्षेत्रमा भारी वर्षा हुनसक्ने भएकाले उक्त क्षेत्र भएर बहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै मधेश प्रदेशको थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ८ मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर २ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : २३ बजे

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको