संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा « Khabarhub

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे सभामुख घिमिरे छलफलमा


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच छलफल भइरहेको छ ।

सभामुखको सरकारी निवासमा जारी बैठकमा संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलन र समाधानका विषयमा छलफल भइरहेको हो ।

यस विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन् ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरुका प्रश्नमा जवाफ दिने कार्यसूची रहेकोले बिहान ११ बजे बैठक बस्नु अघि नै समस्या समाधानको प्रयास भइरहेको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका तर्फबाट ११ बुँदे माग राखेर कर्मचारीहरू आन्दोलनमा छन्। केही दिनदेखि निरन्तर आन्दोलित उनीहरूले कार्यालय समयबाहेकमा काम गर्न नसक्ने जनाउँदै आएका छन् ।

कर्माचारीहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेको मात्रै अनुहार देखाएर प्रत्यक्ष प्रसारण गर्दै विरोध जनाएका थिए । जसका कारण संसद बैठक नै स्थगित गरिएको थियो ।

यो पनि…
संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि…

 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ८ : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले