करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग « Khabarhub

करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा सहरी क्षेत्र लक्षित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

नमूना करेसाबारी प्रवर्द्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्षित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए ।

उनले भने, ‘कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ ।’

यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरवासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गरिन् ।

कृषि विकास शाखाले पाँच वडाबाट ७५ घरी छनोट गरी स्प्रे ट्याङ्की, तरकारीको बीउ, कुहाउने जैविक झोल, बीउ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ११ : १२ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण