‘आचार्य’को प्रिमियरमा सत्यराजको शीरमा बुवाको टोपी ! « Khabarhub

‘आचार्य’को प्रिमियरमा सत्यराजको शीरमा बुवाको टोपी !


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको ‘बायोपिक’ ‘आचार्य’ असार ७ देखि पुनःप्रदर्शन हुँदैछ । उनको निधनपछिका केही दृश्य समेटेर उक्त फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो ।

फिल्मको प्रिमियर बुधबार साँझ कमलपोखरीस्थित एक हलमा गरिएको थियो । उक्त समारोहमा फिल्मका मुख्य कलाकार एवम् भक्तराजका जेठा छोरा सत्यराजले लगाएको ‘इटालियन क्याप’ को चर्चा भयो । यो कुराले सत्यराजको मात्रै नभएर प्रिमियरमा उपस्थित अथितिकासमेत आँखा रसाए ।

प्रिमियरअघिको सानो औपचारिक कार्यक्रमका सहजकर्ता भुपेन्द्र खड्कालाई सत्यराजले लगाएको ‘इटालियन क्याप’सँग आफ्नो स्मृति छ जस्तो लागेछ । त्यही भएर उनले उक्त टोपीको चर्चा गरे ।

खड्का सञ्चारकर्ममा रहँदा भक्तराजसँगको बाक्लो भेटका कारण उनले उक्त टोपी बिर्सिएका रहेनछन् । उनकै स्मृतिमा भएको भक्तराजको टोपी सत्यराजले प्रिमियरमा लगाएर आएका रहेछन् ।

भूपेन्द्रले सत्यराजलाई प्रश्न गरे, ‘यो त बुवाको टोपी होइन र ?’ सत्यराजले ‘हो’ भने । सायद स्वर्गीय बुवाको यादले होला उनी भावुक बने । सधैँ हँसिलो देखिने उनको मुहार मलिलो भयो ।

बुवाले प्रयोग गरेको टोपी विशेष समारोहमा लगाएका थिए । यसले सत्यराजको बुवाप्रतिको प्रेम देखाएको थियो । यो दृश्यका कारण धेरै अथितिले आँशु रोक्न सकेनन् । केहीबेर हलको माहोल सुनसान भयो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : २२ बजे

कांग्रेसको १५औँ महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै रिट सर्वोच्चमा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत

मलेसियामा मृत्यु भएका बोहराको शव ल्याउन सरकारसँग माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका

इरानले होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क लिने, संसद्बाट पारित भयो प्रस्ताव

तेहरान- इरानको संसदले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिने जहाजबाट टोल अर्थात्

प्रतिनिधिसभा बैठक : उद्योगमन्त्रीले मौखिक प्रश्नको जवाफ दिने

काठमाडौं- प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । आजको बैठकमा उद्योग,

उद्धव थापालाई पदमुक्त गर्न राप्रपाको पत्र, कारबाही अघि बढाउन उपसभामुखको आनाकानी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य तथा