‘आचार्य’को प्रिमियरमा सत्यराजको शीरमा बुवाको टोपी ! « Khabarhub

‘आचार्य’को प्रिमियरमा सत्यराजको शीरमा बुवाको टोपी !


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भजन शिरोमणि भक्तराज आचार्यको ‘बायोपिक’ ‘आचार्य’ असार ७ देखि पुनःप्रदर्शन हुँदैछ । उनको निधनपछिका केही दृश्य समेटेर उक्त फिल्म पुनः प्रदर्शन गर्न लागिएको हो ।

फिल्मको प्रिमियर बुधबार साँझ कमलपोखरीस्थित एक हलमा गरिएको थियो । उक्त समारोहमा फिल्मका मुख्य कलाकार एवम् भक्तराजका जेठा छोरा सत्यराजले लगाएको ‘इटालियन क्याप’ को चर्चा भयो । यो कुराले सत्यराजको मात्रै नभएर प्रिमियरमा उपस्थित अथितिकासमेत आँखा रसाए ।

प्रिमियरअघिको सानो औपचारिक कार्यक्रमका सहजकर्ता भुपेन्द्र खड्कालाई सत्यराजले लगाएको ‘इटालियन क्याप’सँग आफ्नो स्मृति छ जस्तो लागेछ । त्यही भएर उनले उक्त टोपीको चर्चा गरे ।

खड्का सञ्चारकर्ममा रहँदा भक्तराजसँगको बाक्लो भेटका कारण उनले उक्त टोपी बिर्सिएका रहेनछन् । उनकै स्मृतिमा भएको भक्तराजको टोपी सत्यराजले प्रिमियरमा लगाएर आएका रहेछन् ।

भूपेन्द्रले सत्यराजलाई प्रश्न गरे, ‘यो त बुवाको टोपी होइन र ?’ सत्यराजले ‘हो’ भने । सायद स्वर्गीय बुवाको यादले होला उनी भावुक बने । सधैँ हँसिलो देखिने उनको मुहार मलिलो भयो ।

बुवाले प्रयोग गरेको टोपी विशेष समारोहमा लगाएका थिए । यसले सत्यराजको बुवाप्रतिको प्रेम देखाएको थियो । यो दृश्यका कारण धेरै अथितिले आँशु रोक्न सकेनन् । केहीबेर हलको माहोल सुनसान भयो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : २२ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा