संसद्‌मा आफूलाई अवमूल्यन गरिएको प्रधानमन्त्रीको गुनासो « Khabarhub

संसद्‌मा आफूलाई अवमूल्यन गरिएको प्रधानमन्त्रीको गुनासो


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा आफ्नो अवमूल्यन भएको भन्दै गुनासो गरेका छन्‌ ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा प्रमुख प्रतिपक्षी र सत्तापक्ष दलकै नेता तथा सांसद्‌हरू उपस्थित नभएको भन्दै दाहालले आफ्नो अवमूल्यन भएको गुनासो गरेका हुन्‌ ।

दाहालले भने, ‘ सभामुख महोदय ! म जाँदाजाँदै एउटा कुरामा सबै माननीय सदस्यहरूको ध्यानाकर्षण गराउन चाहन्छु ।  हाम्रो सदनको एउटा परम्परा, प्रचलन या गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि, प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू, इमर्जेन्सी बाहेक सबै माननीय मन्त्रीहरू उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो ।’

तर त्यो अब क्रमशः पातालिन थालेको दाहालले बताए । उनले अगाडी थपे, ‘यसले हामीले एउटा अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैँ आफैँले आफैँ आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वाससहित म बिदा हुन्छु, धन्यवाद !’

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ५३ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट