देउवाको चिन्ता : कांग्रेसका महिला उम्मेदवारले कम चुनाव जित्छन् « Khabarhub

देउवाको चिन्ता : कांग्रेसका महिला उम्मेदवारले कम चुनाव जित्छन्


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जीत दिलाउने गरि आगामी निर्वाचनमा तयारी गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको ‘लैङ्गिक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण’  विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेकोमा चिन्ता जनाए ।

देउवाले आगामी निर्वाचनमा उनीहरूको जीतको सुनिश्चिचता हुने गरि तयारी गनुपर्ने बताए।

उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको स्मरण गरे । देउवाले समावेशी समानुपातिक रुपमा महिलाहरूलाई विभिन्न निकायमा उचित स्थान दिइएकाले भूमिका सशक्त हुने विश्वास व्यक्त गरे ।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गर्दै बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्र गठबन्धन गरे कुनै पनि शक्तिले कांग्रेसलाई हटाउन नसक्ने तर्क गरे ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद लगायतका बिषयमा कांग्रेसले गर्ने कुरा अरु दलले गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ४७ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा