देउवाको चिन्ता : कांग्रेसका महिला उम्मेदवारले कम चुनाव जित्छन् « Khabarhub

देउवाको चिन्ता : कांग्रेसका महिला उम्मेदवारले कम चुनाव जित्छन्


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला उम्मेदवारलाई जीत दिलाउने गरि आगामी निर्वाचनमा तयारी गर्नुपर्ने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको ‘लैङ्गिक समानता अभिवृद्धिका लागि भावी कार्ययोजना निर्माण’  विषयक गोष्ठीमा बोल्दै सभापति देउवाले कांग्रेसका महिला उम्मेदवारले कम जित्ने गरेकोमा चिन्ता जनाए ।

देउवाले आगामी निर्वाचनमा उनीहरूको जीतको सुनिश्चिचता हुने गरि तयारी गनुपर्ने बताए।

उनले नेपालको राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको स्मरण गरे । देउवाले समावेशी समानुपातिक रुपमा महिलाहरूलाई विभिन्न निकायमा उचित स्थान दिइएकाले भूमिका सशक्त हुने विश्वास व्यक्त गरे ।

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले पार्टीभित्रको अन्तर्घातलाई अन्त्य गर्दै बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्र गठबन्धन गरे कुनै पनि शक्तिले कांग्रेसलाई हटाउन नसक्ने तर्क गरे ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद लगायतका बिषयमा कांग्रेसले गर्ने कुरा अरु दलले गर्न नसक्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १ : ४७ बजे

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको