इजरायलद्वारा ९२ हजार विदेशी कामदार ल्याउने योजना स्वीकृत « Khabarhub

इजरायलद्वारा ९२ हजार विदेशी कामदार ल्याउने योजना स्वीकृत


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

 इजरायल– श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मंगलबार घोषणा गरेको छ । 

इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो । योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ । इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक नोक्सानको सामना गरिरहेको छ । 

अक्टोबर–७ अघि, इजरायलमा २९ हजार नौ सय विदेशीहरू रहेकोमा प्रायः खेत बगैँचा ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए । 

खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ ।  प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ । 

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्नेगर्छन् ।

विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपुर्ति गर्ने योजनामा सुरुमा दुई हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : १९ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह