मनसुन सुरु भएसंगै किसानलाई धान रोप्ने चटारो « Khabarhub

मनसुन सुरु भएसंगै किसानलाई धान रोप्ने चटारो


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतहरूमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ ।

‘पानी परेर खेतका गह्रा भरिएपछि धान खेती गर्न नभइ नहुने रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, रोप्न थाल्यौँ’, चाँगुनारायण नगरपालिका–४ छालिङ्मा खेतमा रोपाइँ गरिरहेकी किसान कल्पना वासीले भने । 

विगतका वर्षमा असार १५ ताका किसानलाई भ्याइनभ्याइ हुनेमा यसवर्ष असार १५ अघि नै पानी परेपछि जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ हुन थालेको चाँगुनारायण–९ का किसान सानुभाइ गिरीले बताए। उनका अनुसार कतिपय किसानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । 

सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यसवर्ष आकाशे पानी समयमा नै परेकाले किसान रोपाइँमा लागेका हुन् । 

सूर्यविनायक नगरपालिका–८ नखेलका किसान पूर्णिका थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए ।

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी शुक्ला भन्ने चिन्ताले सताएको किसान बताउँछन् । 

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधिको प्रयोग बढाउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सकिने कृषि प्राविधिक हरिकृष्ण नेपालले बताए। उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले आधुनिक प्रविधिमा सहुलियत प्रदान गरी सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए।

विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी शुक्ला भनेर छोटो बीउ रोपेको बताए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ३ : ४० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्