लुम्बिनी पुगेर भारतीय राजदूतले मनाए योग दिवस « Khabarhub

लुम्बिनी पुगेर भारतीय राजदूतले मनाए योग दिवस


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- नेपालस्थित भारतीय दूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा बिहीबार बुद्धको जन्मस्थल र युनेस्को विश्व सम्पदा क्षेत्र लुम्बिनीमा एक बृहत् योग प्रदर्शन आयोजना गरेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको विषय ‘स्वयम् र समाजका लागि योग’ रहेको छ ।

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । उनले भगवान् बुद्धको पवित्र जन्मस्थलमा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा र भारत–नेपाल साँस्कृतिक सम्बन्धलाई बलियो बनाएकोमा भारतीय दूतावासलाई धन्यवाद दिए ।

उनले अझ स्वस्थ र सन्तुलित समाज निर्माण गर्न अन्तर्राष्ट्रिय योग दिवसले योगबारे अझ बढी चेतना जगाउन मद्दत गर्ने बताए । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारी र त्यसै क्षेत्रका ९ सय जनाभन्दा बढी योगमा अभिरुचि राख्नेहरु कार्यक्रममा सहभागी थिए ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले गरेको प्रस्तावका आधारमा संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा तोकेपछि योग एउटा ग्लोबल फेनोमेनन बन्न पुगेको बताए ।

उनले शान्ति र सद्भावको प्रतीक लुम्बिनीको पवित्र भूमिले योगको अनन्त अभ्यासलाई उत्सवको रुपमा मनाउनका लागि उपयुक्त वातावरण प्रदान गरेको बताए ।

दूतावासले हरेक वर्ष लुम्बिनी विकास कोषसँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने पनि उनले जानकारी दिए ।

यो कार्यक्रम भारतीय दूतावासले १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन नेपालका विभिन्न सहरमा आयोजना गरेको कार्यक्रमहरुको श्रृंखलाकै एक हिस्सा थियो ।

भारतीय राजदूतावासले १० औँ अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रंगशालामा शुक्रबार निकै ठूलो योग प्रदर्शन आयोजना गर्नेछ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ३ : ५२ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा