केपी ओलीलाई विश्वप्रकाशको चुनौती - कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस् | Khabarhub Khabarhub

केपी ओलीलाई विश्वप्रकाशको चुनौती – कांग्रेसले गिरीबन्धुको एक टुक्रा जग्गा बेचेको प्रमाणित गर्नुस्


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी-स्टेट प्रकरणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार नेपाल महिला संघले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेको प्रमाण भेटिए आफूहरूविरुद्ध फाइल खोल्न ओलीलाई चुनौती दिए ।

‘गिरीबन्धु टी-स्टेट प्रकरणमा कांग्रेसले कमिशन खाएर एक टुक्रा जग्गा बेचेको प्रमाण छ भने तपाईं पनि झापाको मान्छे, म पनि झापाको मान्छे, म आग्रह गर्न चाहन्छु, तपाईं सरकारमा हुनुहुन्छ । खोल्नुस् फाइल । बनाउनुस्, छानबिन समिति,’ शर्माले चुनौती दिँदै भने ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले विभिन्न समयमा कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गा बेचेर हिनामिना गरेको आरोप लगाइरहेका छन् ।

अध्यक्ष ओलीको आरोपलाई चुनौती दिँदै शर्माले फाइल खोलेर देखाउन र छानबिन समिति बनाउन चुनौती दिएका हुन् ।

उनले सहकारी प्रकरणमा छानबिन समिति बनेपछि गृहमन्त्रीले राजीनामा नदिएर नैतिकता नदेखाएको पनि जिकिर गरे । यद्यपि उनले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको प्रष्ट पारे ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ४ : १९ बजे

पहिरोमा परेको बस त्रिशूलीमा डुबेपछि जसले पौडिएर ज्यान जोगाए

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिराले त्रिशूलीमा बस खस्दा बाच्न

रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गर्‍यो : रवि लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर

रवि लामिछाने भन्छन्- सरकारमा भन्दा प्रतिपक्षमा बस्न रमाइलो

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

संसद्‍‍बाट गृहमन्त्री लामिछानेको चुनौती- मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

वासिङ्टन– फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले