बाढीले इकुवा खोलाको पुल बगाउँदा संखुवासभामा आवागमन ठप्प  « Khabarhub

बाढीले इकुवा खोलाको पुल बगाउँदा संखुवासभामा आवागमन ठप्प 


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएको छ। गएराति अविरल वर्षासँगै आएको बाढीपहिरोले इकुवा खोलामाथिको पक्की पुल बगाएको हो । 

मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ । 

पहिरोले मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलामाथिको पुल बगाउँदा उत्तरी क्षेत्रको यातायात आवागमन ठप्प भएको उत्तर दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिए। उनका अनुसार उत्तर–दक्षिण राजमार्गमा पर्ने उक्त पुल २० मिटर लामो थियो ।

पुल पिलरसहित बगाउँदा चार करोड बढीको क्षति भएको आयोजनाका प्रमुख कोइरालाले बताए। उक्त पुल २०७९ सालमा निर्माण गरिएको थियो । पुल बगाएपछि मकालु गाउँपालिकाका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । 

यसअघि सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुणसम्मको ८० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको थियो । 

पहिरोले उत्तर–दक्षिण राजमार्गमा पर्ने विभिन्न सडक खण्डमा क्षति पुर्‍याउनुका साथै गत जेठ ३१ गते राति आएको बाढीले कोशी राजमार्गस्थित सभाखोलाको पक्की पुल जोखिममा परेको इन्जिनियर कोइरालाले बताए। 

उनका अनुसार चैनपुर नगरपालिका र पाँचखपन नगरपालिका जोड्ने हेवा खोला, चिचिला गाउँपालिका–२ र ३ जोड्ने खोलाका साथै अरुण तेस्रो पावर हाउस जाने छ्याङ र कागुवा खोलाको पक्की पुलमा समेत क्षति पुगेको छ । 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ४ : ३० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको