चिनियाँ र फिलिपिन्सका सेना भिडेपछि दक्षिण चीन सागरमा तनाव | Khabarhub Khabarhub

चिनियाँ र फिलिपिन्सका सेना भिडेपछि दक्षिण चीन सागरमा तनाव


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीन र फिलिपिन्सका सैनिकबीच समुद्रमा भएको झडपसम्बन्धी एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चीन र फिलिपिन्सका सैनिकबीच विवादित दक्षिण चीन सागरमा यो भिडन्त भएको हो ।

यसक्रममा चिनियाँ सैनिकहरू फिलिपिन्स सेनासँग हतियारसहित झडपमा उत्रिएको बताइएको छ । यो झडपमा फिलिपिन्सका सेनातर्फ ठूलो क्षति भएको समाचार आएको छ ।

फिलिपिन्सका जनरल रोमियो ब्राउनरका अनुसार चीनका सैनिक तरबार, भाला र चक्कुसहित आएका थिए ।

चीनका सैनिकसँग फिलिपिन्सका सैनिकले केबल हातले मुकाबिला गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जनरलले चिनियाँ जहाजले फिलिपिन्सका डुंगामा ठक्कर दिएपछि त्यसमा रहेका हतियार पनि लगेको आरोप लगाएका छन्।

ती जनरलका अनुसार चिनियाँ सैनिकको आक्रमणमा फिलिपिनो सैनिकको औँला नै काटिएको छ ।

तर उता चीनले यस घटनामा आफ्ना सैनिकलाई दोषी ठहराउन अस्वीकार गरेको छ ।

यी दुई देशले दक्षिण चीन सागरका विवादि टापुमा आफ्नो दाबी गर्दै आएका छन् । झडपको कारण पनि यिनै विवादित टापु भएका हुन् ।

फिलिपिन्सका नौसेना थोमस शोलमा तैनाथ सैनिकलाई आवश्यक सामग्री आपूर्ति गर्न गइरहेका थिए । त्यहीक्रममा चीनका सैनिकले आक्रमण गरेको दाबी उनीहरूको छ ।

चिनियाँ सैनिकले यहाँ पूरा तयारीसहित फिलिपिन्सको डुंगामा हमला गरेको आरोप लागेको छ । चिनियाँ सैनिकले फिलिपिन्सको सैनिकका हतियार जफत गर्नुका साथै डुंगा पनि नष्ट गरिदिएका छन् ।

यस घटनाका केही भिडियो अहिले भाइरल भइरहेका छन् । भिडियोमा चिनियाँ सेनाले फिलिपिनो सेनाको डुंगामा पञ्चर गरिरहेको देख्न सकिन्छ ।

फिलिपिनो जनरलले यस घटनालाई चोरीको संज्ञा दिएका छन् । उनले चीनलाई आफूहरूको क्षेत्रमा चलिरहेको अपरेशन असफल बनाउने र विशेष आर्थिक क्षेत्रमा रहेको जहाज नष्ट गर्ने कुनै अधिकार नरहेको बताएका छन् ।

फिलिपिन्सका सेना प्रमुखले जफत गरिएका राइफल र अन्य सैन्य उपकरण फिर्ता गर्न माग गरेका छन् । उनले हमलका क्रममा भएको क्षतिको भर्पाई गर्न पनि चीनलाई चेतावनी दिएका छन् ।

ती जनरलले सैनिकहरूले चिनियाँ तट रक्षकहरूलाई चक्कु, भाला र तरबारसहित देखेको पनि जनाएका छन् । भिडियोमा चिनियाँ सैनिकहरूले फिलिपिनो सेनातिर चक्कु तेर्साइरहेको देख्न सकिन्छ । त्यसक्रममा चिनियाँ सेनाले फिलिपिनो सेनाबाट कयौँ बन्दुक जफत गर्नुका साथै डुंगामा लगाइएको मोटर पनि नष्ट गरिदिएका थिए ।

फिलिपिन्सका सैन्य प्रमुखले चीनले आफूहरूका युद्ध सामाग्री फिर्ता दिन र हमलाको क्षतिको भरपाई गर्न भनेका छन् । फिलिपिन्सले यो हमलाको तुलना दक्षिण चीन सागरमा समुद्री लुटको घटनासँग तुलना गरेका छन् ।

फिलिपिन्सका अधिकारीहरूका अनुसार सोमबार ८ भन्दा धेरै मोटरबोटमार सवार चिनियाँ तटरक्षककर्मीले फिलिपिन्सको नौसेनाको २ डुंगामा पटक पटक ठक्कर दिने काम गरेका थिए । त्यसपछि चिनियाँ सेना ती डुंगामा छिरेका थिए ।

तर चीनले भने यस प्रकरणमा फिलिपिन्सलाई दोषी ठहर्‍याएको छ । फिलिपिन्सका सेनाले आफूहरूको चेतावनीको बेवास्ता गर्दै समुद्रमा आफ्नो जल क्षेत्रको अतिक्रमण गरेपछि कारबाही चलाउनुपरेको चीनले जवाफ दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : ०३ बजे

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई

पश्चिम नेपालमा ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं – बुधबार राति पश्चिम नेपालमा भूकम्प गएको छ। पूर्वी

पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौं – नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित