बागमती प्रदेशसभामा प्रतिपक्षीको अवरोध, अर्को बैठक भोलि बस्ने « Khabarhub

बागमती प्रदेशसभामा प्रतिपक्षीको अवरोध, अर्को बैठक भोलि बस्ने


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ ।

कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१-८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्यांक नमिलेको भनी सरकारको विरोध गरे। 

उनले बजेट वक्तव्यमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे ।

संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आजका लागि बैठक स्थगित भएको जानकारी दिए।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित  राप्रपा र  मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको छ भने।    

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ५ : १६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था