दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै « Khabarhub

दर्जनौँ भारतीय कम्पनीले हजारौँ करोड बराबरको आईपीओ जारी गर्दै


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल शुरु गर्दै गर्दा दर्जनौँ भारतीय कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् । 

आगामी २ महिनामा भारतीय शेयर बजारमा हजारौँ करोड भारु बराबरको आईपीओ जारी हुन लागेको आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सले जनाएको छ ।

हालसम्म १८ वटा कम्पनीले भारतीय प्रत्याभूति एवम् विनिमय बोर्ड सेबीबाट आईपीओ जारी गर्ने विषयमा अनुमति पाइसकेका छन् । यी १८ कम्पनीले २० हजार करोड भारु बराबरको आईपीओ निष्काशित गर्ने अपेक्षा गरिएको छ ।

त्यसबाहेक अरु ३७ कम्पनीहरू आईपीओ जारी गर्ने प्रक्रियामा रहेको जनाइएको छ । यी कम्पनीहरूले ५० हजार करोड भारु बराबरको आईपीओ बजारमा ल्याउने बताइएको छ ।

सन् २०२४ मा भारतका ३० वटा कम्पनीले बजारमा २७ हजार ७ सय ८० करोड बराबरको आईपीओ जारी गरिसकेका छन् । सन् २०२३ मा ५७ कम्पनीले ४९ हजार ५ सय करोड भारुको आईपीओ बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ६ : ४६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने