अर्थसंक्षेप : विमानस्थल सञ्चालनबारे प्रधानमन्त्रीको जवाफदेखि लालुपाते सहकारीबाट बचत फिर्तासम्म | Khabarhub Khabarhub

अर्थसंक्षेप : विमानस्थल सञ्चालनबारे प्रधानमन्त्रीको जवाफदेखि लालुपाते सहकारीबाट बचत फिर्तासम्म


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने संकेत दिएका छन् । अर्घाखाँचीको सन्धिखर्कदेखि गुल्मीको तम्घाससम्मको १३२ केभी प्रसारण लाइन सम्पन्न भएपछि यस क्षेत्रमा बिजुली नकाटिने भएको छ । असारको पहिलो साताको अन्तिम अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आयो ।

एसियाली विकास बैंक (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । यस्तै, भारतको ‘ताज’ होटेल विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बनेको छ ।

आजका मुख्य आर्थिक समाचारहरू :

तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने संकेत दिएका छन् ।

प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले तीन वटै विमानस्थल सञ्चालन जिम्मा विदेशी कम्पनीलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन् ।

‘आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा अन्तर्राष्ट्रिय समन्वयबारे छलफल गरेको छु,’ दाहालले भने, ‘केही सकारात्मक र उत्साहवर्द्धक प्रगति भइरहेको जानकारी पाएको छु ।’

पोखरा विमानस्थल लगायत तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक–निजी–साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्यसमिति गठन भएको प्रधानमन्त्रीले उल्लेख गरे । समितिबाट प्रतिवेदन र सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक–निजी–साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने उनले बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालन गर्न सरोकारवालाहरूसँग छलफल र तदारुकताका साथ कार्य भइरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अर्घाखाँची र गुल्मीमा अब बिजुली नकाटिने, १३२ केभी प्रसारणलाइन र सबस्टेशन तयार

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ फुदवाङदेखि गुल्मीकोे रेसुङ्गा नगरपालिका–७, उनायचौर ९तम्घास० सम्मको १३२ किलोभोल्ट ९केभी० डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । साथै, सोही प्रसारण लाइनअन्तर्गत उनायचौरमा १३२ केभी तम्घास सबस्टेसन पनि जडान भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी बुधबारबाट सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहेका छन् । प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुनसक्छ ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३ वटा ३३ केभीका र चार वटा ११ केभीका फिडरहरु निर्माण गरिएका छन् । त्यसमध्ये ३३ र ११ केभीका २/२ वटा फिडर सञ्चालनमा ल्याई स्थानीय रूपमा विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि मुख्य रूपमा गुल्मी जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनुकासाथै प्राविधिक चुहावट पनि कम हुने बताए ।

‘३३ केभी लाइन धेरै लामो हुँदा छिनछिनमा लाइन बिच्छेद (ट्रिपिङ) हुने, कम भोल्टेजलगायतको समस्या थियो, अब १३२ केभी प्रसारण लाइन र सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति हुन थालेपछि समस्या समाधान भई विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ’, उनले भने ।

१० अंकले घट्यो नेप्से, जीवन बीमा समूहमा भारी गिरावट

साताको अन्तिम अर्थात् बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । यसरी गिरावाट आउँदा सबैभन्दा बढी जीवन बीमा समूहमा गिरावट आएको छ ।

आज नेप्से १०।४४ अंकले बढ्दा जीवन बीमा समूहको परिसूचक ८२ अंकले घटेको छ । अन्य दिनको तुलनामा कारोबारमा पनि कमी आएको छ ।

बिहीबार ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर ५३ हजार १७ पटक किनबेच भयो । बिहीबार ५२ वटा कम्पनीको मूल्य वृद्धि हुँदा सबैभन्दा बढी फाइनान्स समूहमा उत्साह देखिएको छ ।

आज एकै दिन फाइनान्स समूहमा ४२।०२ अंकले वृद्धि भएको छ । फाइनान्स समूहमा ११ वटा कम्पनीले शेयर मूल्य बढेको छ भने १ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा फाइन्सको शेयर मूल्य भने स्थिर रह्यो ।

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथिको छलफल सुरु भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमाथि छलफल हुने बताए । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ ।

यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षका लागि लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गरेका थिए ।

नेप्सेमा प्रि–ओपन सेसन भनेको के हो रु शेयर कतिमा किनबेच गर्ने ?

नेपालमा शेयर कारोबार गर्ने एउटा मात्र बजार नेपाल स्टक एक्सेचेञ्ज ९नेप्से० छ । नेप्सेमा सामान्यतया: बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म शेयर कारोबार हुन्छ, त्यो पनि आइतबारदेखि बिहीबारसम्म मात्र १ यसबीच पनि कुनै सार्वजनिक बिदा परेमा त्यो दिन कारोबार हुँदैन ।

शेयर बजारमा चासो राख्ने वा सुन्ने व्यक्तिले प्रि–ओपन सेसनबारे कतै न कतै सुन्ने गरेको छन् । यो सामग्रीमा शेयर बजारमा प्रि–ओपन सेसनबारे सङ्क्षिप्त छ ।

प्रि–ओपन सेसन भनेको पनि शेयर कारोबार हुने अवधिमध्ये शुरुवाती समय  हो । जसरी तपाईंले बिहान ११ देखि बेलुकी ३ बजेसम्म शेयर कारोबार गर्ने गर्नुहुन्छ, त्यसरी नै प्रि–ओपन सेसनमा पनि नेप्सेमा सूचिकृत भएका विभिन्न कम्पनीको शेयर खरिद–बिक्री गर्नु सक्नुहुन्छ ।

तर, प्रि–ओपन सेसन ११ बजे भन्दा अघिको अवधि हो । नेप्सेले प्रि–ओपन सेसन अन्तर्गत बिहान १०ः३० देखि १०ः४५ बजेसम्म कारोबार गर्न दिन्छ । उक्त सेसनमा नेप्सेमा सूचीकृत कम्पनीका शेयर किन्न मिल्छ । १०ः४५ देखि ११ बजेसम्म अर्थात् १५ मिनेटको अवधिमा कुनै पनि कम्पनीको शेयर कारोबार हुँदैन ।

प्रि–ओपन सेसनमा अघिल्लो दिनमो मूल्यभन्दा ५ प्रतिशत बढाएर वा घटाएर मात्र कारोबार गर्ने सकिन्छ । त्यो भन्दा बढी मूल्य राखेर प्रि–ओपन सेसनमा शेयर कारोबार गर्न पाइँदैन ।

लालुपाते सहकारीले फिर्ता गर्न थाल्यो बचतकर्ताको रकम

लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो ।

अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताए । ‘अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो’ उनले भने ‘‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।’

बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोग पत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरू सबै जनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ ।

डुबेको रकम फिर्ता पाएकामा आफूहरु खुसी रहेको बचतकर्ताहरुले बताएका छन् । ‘घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न  ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ’, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भने ‘सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।’

एडीबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी)ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।

रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढवा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरु लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो ।

कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ ।

यसले वर्तमान खर्च र कर राजस्व बिचको अन्तरलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ । एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीको थालनीले सार्वजनिक वित्तीय प्रबन्धनमा सुधार गर्ने एडीबीले जनाएको छ ।

कार्यक्रमले निजी क्षेत्रको विकासलाई बढावाका साथ सुव्यवस्थित गर्न, लगानी, व्यापार प्रक्रिया र व्यापार सेवाहरुको आधुनिकीकरण तथा डिजिटाइजेसन गरी व्यापार प्रवर्द्धनमा  मद्दत गर्नेछ ।

‘ताज’ बन्यो विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड

भारतको ‘ताज’ होटेल विश्वकै सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बनेको छ । इन्डियन होटेल कम्पनी (आईएचसीएल) ले विज्ञप्ति जारी गर्दै ताज ब्राण्ड फाइनान्सको सबैभन्दा प्रतिष्ठित होटेल ब्राण्ड बन्न पुगेको जानकारी दिएको हो ।

भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार ताज ब्राण्ड फाइनान्सले जारी गरेको विश्वको सबैभन्दा प्रतिष्ठित र बलियो होटेल ब्राण्डको शीर्ष स्थानमा रहेको छ । ब्राण्ड फाइनान्सको होटेल ५० प्रतिवेदनमा ताजको ब्राण्ड भ्यालु ४५ प्रतिशतले बढेर ५४ करोड ५० लाख डलर पुगेको उल्लेख छ ।

ब्राण्ड स्ट्रेन्थ सूचकांकमा ताजलाई १०० मा ९२ दशमलब ९ अंक दिइएको छ भने यसको रेटिङ एएए प्लस छ, जुन ब्राण्ड फाइनान्सको उच्चतम रेटिङ हो । प्रतिष्ठित ताज ब्राण्ड विश्वकै सबैभन्दा प्रतिष्ठित ब्राण्ड बन्न पुगेकोमा गौरवान्वित रहेको आईएचसीएलका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक पुनित छतवलले जनाएका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : ३६ बजे

भारतमा सर्वोच्च अदालतको फैसला- निट परीक्षाको पुनःपरीक्षण घातक

एजेन्सी– भारतको सर्वोच्च अदालतले मङ्गलबार एनइइटी (निट)–युजी सन् २०२४ परीक्षा

राष्ट्रिय परिचयपत्रको २५ हजार कार्ड कार्यालयमै थन्कियो

सङ्खुवासभा– नेपाली नागरिकताको प्रमाणपत्रको विकल्पका रूपमा सरकारले अघि सारेको राष्ट्रिय

आजका समाचार : प्राधिकरणले जोडिदियो उद्योगको बत्ती, प्रदेशमा फेरिँदै मुख्यमन्त्री, भारतमा नयाँ बजेट

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर प्रतिनिधिसभाले संसदीय

अक्षयको फिल्म ‘खेल खेल मे’ले ‘स्त्री २’सँग प्रतिस्पर्धा गर्ने पक्का

काठमाडौँ– बलिउड अभिनेता अक्षय  कुमारको मुख्य भूमिका रहेको फिल्म ‘खेल

युवालाई विदेशिन बाध्य बनाएपछि रोएर बस्नुको विकल्प छैन

पछिल्लो समय बढ्दै गएको निराशाको उत्तर थाहा पाउन हामीले पहिलो