भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने « Khabarhub

भुटानमा पनि अडानी समूह : ५७० मेगावाटको जलविद्युत आयोजनामा लगानी गर्ने


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय खर्बपति गौतम अडानीले भुटानमा निर्माणाधीन ५७० मेगावाटको हाइड्रो पावरमा लगानी गर्ने भएका छन्।

अडानी समूहले चुखा जिल्लामा बन्न लागेको ५७० मेगावाटको हरित जलविद्युत आयोजनाका लागि ड्रुक ग्रीन पावर कर्पोरेशन लिमिटेड (डीजीपीसी) सँग सम्झौता गरेको छ ।

अडानी समूहका अध्यक्ष गौतम अडानीले यही जुन १६ मा भुटान भ्रमणका क्रममा त्यहाँका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेलाई भेटेका थिए । 

अडानीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आफू भुटानी राजाबाट प्रभावित भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–‘म भुटानका लागि उहाँको दृष्टिकोण र ठूला कम्प्युटिङ सेन्टर र डाटा सुविधा समावेश गर्ने गेलेफु माइन्डफुलनेस सिटीबारे उहाँको महत्वाकांक्षी पर्यावरण–मैत्री मास्टरप्लानबाट प्रेरित छु । कार्बन नेगेटिभ राष्ट्रका लागि यी पहलहरू र हरित ऊर्जा व्यवस्थापनमा सहकार्य गर्न म तत्पर छु ।’

अडानी समूहले श्रीलंकामा पनि गत महिना ग्रीन एनर्जीसँग मिलेर वायु ऊर्जा केन्द्र विकास गर्न स्वीकृति लिइसकेको छ ।

श्रीलंका सरकारसँगको सम्झौताअनुसार अडानी ग्रीन एनर्जीले श्रीलंकाको मन्नार र पुनारिनमा हावाबाट चल्ने ऊर्जा स्टेशनहरू निर्माण गर्नेछ । यसका लागि दुवै पक्षले २० वर्षे विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । 

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ७ : ५७ बजे

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको १५औँ

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा

कांग्रेस १५ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः