अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य | Khabarhub Khabarhub

अफगानिस्तानलाई भारतले दियो एक सय ८२ रनको लक्ष्य


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा भारतले अफगानिस्तानलाई एक सय ८२ रनको चुनौती दिएको छ ।

केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८१ रन बनायो ।

भारतका लागि सुर्य कुमार यादवले अर्धशतक प्रहार गरे । २८ बलको सामना गरेका यादवले पाँच चौका र तीन छक्कासहित ५३ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिसब पन्तले २० रन बनाए । भारतीय कप्तान रोहित पौडेल आठ रन बनाएर पेभेलियन फर्किएका थिए ।

अफगानिस्तानका लागि रासिद खान र फजलहक फारुकीले तीनतीन विकेट लिए । चार ओभर बलिङ गरेका रासिदले २६ रन खर्चिए ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  १० : १२ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून