युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया | Khabarhub Khabarhub

युरोकप : अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्लोभेनिया


६ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गत समूह ‘सी’को खेल सर्विया र स्लोभेनियाले बराबरी खेलेका छन् ।

बिहीबार साँझ भएको खेलमा सर्विया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा पहिले अग्रता बनाए पनि अन्तिममा सम्हाल्लीन नसक्दा स्लोभेनिया बराबरीमा रोकियो ।

खेलको ६९औं मिनेटमा जान कार्निनिकले गोल गर्दै स्लोभेनियाले अग्रता बताएको थियो । सर्वियाले इन्जुरी समयमा बराबरी गोल गर्दै एक अंक सुरक्षित गर्यो । सर्वियाका लागि ९५ औं मिनेटमा लुका जोभिकले गोल गरेका थिए ।

स्लोभेनिया यो लगातार दोस्रो बराबरी हो । यसअघि स्लोभेनिया पहिलाे खेलमा डेनमार्कसँग बराबरी खेलेको थियो । सर्विया भने पहिलो खेलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

बराबरीसँगै समूह सी स्लोभेनिया २ अंक सहित तेस्रो स्थानमा छ । भने सर्विया एक अंक सहित चौथो स्थानमा छ । यो समूहको पहिलो स्थानमा इंग्ल्याण्ड र दोस्रोमा डेनमार्क रहेका छन् ।

प्रकाशित मिति : ६ असार २०८१, बिहीबार  ११ : ०३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’