आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन ५ गते शनिबारको राशिफल


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन ५ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २० तारिख। असार शुक्ल पक्षको चर्तुदर्शी तिथि उपरान्द्र पूर्णिमा व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन रमाइलो छ। भ्रमणको अवसर प्राप्त हुनेछ। नयाँ ठाउँको भ्रमणले मनमा शान्ति मिल्नेछ। प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लामो समय रोकिएको काम बन्ने योग छ। परिवारको साथले मनमा उत्साह बढ्नेछ।

वृष : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवहारमा देखिएको समस्याको समाधान हुनेछ। राजनीतिक क्षेत्रमा उत्साह मिल्नेछ। सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट प्रगति हुने योग छ।

मिथुन : मन चञ्चल हुनेछ। हैसियत बिर्सिएमा पश्चाताप हुनसक्छ। ठुलो लगानी गर्नु भन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुन्छ। धेरैले निगरानी गरिरहेकाले बोल्नु अगाडि सोच्नुपर्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

कर्कट : तपाईंको कामको प्रशंसा हुनेछ। मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको रचनात्मक सहयोगले दिन रमाइलो हुनेछ।

सिंह : नयाँ ठाउँको यात्रा गर्ने योग छ। यात्रामा महत्त्वपूर्णा वस्तु हराउने जोखिम रहेकाले सचेत बन्नुपर्ने देखिन्छ। तपाईंको काममा प्रश्न गर्ने साथीहरु सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धैर्य भएर अगाडि बढेमा दिन सफल बन्नेछ।

कन्या : तपाईंले सुरुवात गरेका हरेक काममा सफलता मिल्नेछ। आर्थिक र सामाजिक क्षेत्रमा ठुलो उन्नति हुने दिन छ। साथीको उचित सल्लाहले महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक व्यक्तिसँग भेट हुनेछ। चिट्ठा पर्ने योग छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। हाकिमले तपाईंको कमजोरी खोज्ने छन्। काम गर्दा सचेत बन्नुपर्नेछ। तपाईंको राम्रो कामको खोजी गर्ने भन्दा कुरा काट्ने साथी सक्रिय देखिन्छन्। प्रेममा धोका हुने जोखिम छ। संकटमा परिवारले भने साथ दिनेछ।

वृश्चिक : कठिन ठानेका काम सहजै बन्नेछन्। सचेत भएर गरेको काम सफल बन्नेछ। माया र प्रेममा शंका बढ्ने योग छ। लामो समयदेखि रोकिएका काम सहजै बन्नेछन्। मनमा आउने नकारात्मक भावलाई रोक्न सके सफलता मिल्नेछ।

धनु : दिन रमाइलो छ। धेरै ग्रह सकारात्मक भएकाले अवसरलाई सदुपयोग गर्नुपर्नेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। हरेक क्षेत्रमा परिवारले साथ दिनेछ। प्रेममा सफलता हात लाग्नेछ।

मकर : समस्यासँग नडराई समाधान खोज्नुपर्ने दिन छ। चुनौतीको सामना गरेर अगाडि बढेमा दैनिकी रमाइलो हुनेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। साथ दिने संख्या ठुलो भएकाले लगानीमा हिम्मत गनुपर्ने देखिन्छ।

कुम्भ : तपाईंको मध्य साढेसाती दशा चल्दैछ । ठुलो क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। लगानी गर्नु नै पर्ने भए जन्मकुण्डली देखाएर निर्णय लिनु बुद्धिमानी हुन्छ। पिपलको रुखको दर्शन मात्र गरेमा मन शान्त हुनेछ। धार्मिक कार्यमा सहभागी भए दिन उत्साहपूर्ण बन्नेछ।

मीन : दिन रमाइलो छ। तपाईंका लागि आजको दिन अनुकुल देखिन्छ। नियमित गर्दै आएको कामको प्रशंसा हुनेछ। नसोची बोल्ने बानीले समस्या पर्ने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ४ : ५९ बजे

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको