उद्योग मन्त्रालयको सुधारका लागि सुझाव संकलन गर्दै मन्त्री भण्डारी « Khabarhub

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव संकलन गर्दै मन्त्री भण्डारी


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव संकलनका लागि १० दिने अभियान सुरु गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रिया आइतबारबाट सुरु हुने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्रालयमा नै सञ्चालन हुने दश दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने जनाइएको छ ।

उद्योगमन्त्री भण्डारीका अनुसार सुधार कार्ययोजनामा समावेश हुने विषयमा कानून तथा नीति परिमार्जन, ‘स्टार्टअप’को विकास तथा प्रवर्द्धन, औद्योगिक प्रवर्द्धन, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र सीप विकास, उत्पादकत्व अभिवृद्धि, औद्योगिकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, बहुपक्षीय तथा द्विपक्षीय व्यापार, विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन, औद्योगिक बौद्धिक सम्पत्ति रहेका छन् । 

संस्थागत सुधार, दर्ता अनुमति,  इजाजत स्विकृति, नवीकरण खारेजी,  एकल विन्दु अनुगमन, कम्पनी प्रशासन, दर्ता, खारेजी, अद्यावधिक, सार्वजनिक संस्थान व्यवस्थापन बन्द तथा रुग्ण उद्योग सञ्चालन, औद्योगिक तथा व्यापार पूर्वाधार विकास, खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन् इजाजत खानीजन्य उद्योग प्रवर्द्धन, गुणस्तर प्रयोगशाला विकास र प्रमाणिकरण, आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण र हरित औद्योगिक विकासलगायत विषयमा छलफल गरिने जनाइएको छ ।

अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, आर्थिक क्षेत्रका सञ्चारकर्मी, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी संगठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मीहरू, पेशागत संगठनका प्रतिनिधि,  सम्बन्धित वस्तुगत महासङ्घ, प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहने जनाइएको छ ।

अन्तरक्रियामा संसदीय समिति, प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री, नगरपालिका र गाउँपालिका सङ्घ, पूर्वमन्त्री, पूर्वसचिव तथा विषय विज्ञको सहभागिता रहने मन्त्री भण्डारिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : ३३ बजे

असहाय ज्येष्ठ नागरिक र एकल महिलालाई सिरक वितरण

सिरहा – सिरहाको लहान नगरपालिकाले चिसो मौसमलाई मध्यनजर गर्दै ४५

झापामा दुर्घटनामा परेको जहाजमा थिए ५१ जना, सबै सकुशल

काठमाडौँ – झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त बुद्ध एयरको जहाजमा ५१

सरकार र निकोलस भुसालबीच ६ बुँदे सम्झौता, ११ औं दिनमा तोडियो अनशन

काठमाडौं – नेपाल सरकार र अनसनरत डा. निकोलस भुसाल (कमल

भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज चिप्लियो

काठमाडौँ- झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटनामा परेको छ

५११ प्रहरी नायव निरीक्षकको सरुवा, १७० को बढुवा (हेर्नुहोस् सूची)

काठमाडौं- नेपाली प्रहरीको जनपथ समूहतर्फ ठूलो संख्यामा प्रहरी नायब निरीक्षकको