मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा « Khabarhub

मनसुनी विपद् : मृतकका परिवारलाई दुई लाखका दरले राहत निकासा


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । 

मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ । 

मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवितै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । 

प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए।

 शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । 

प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरूप  १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्यांकेट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्यांकेट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ ।

उनले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए। यसपालि बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : ४६ बजे

स्वास्थ्य बीमाले ओपीडी सेवा घटाउँदै, वर्षमा २५ हजारको मात्रै सुविधा पाइने 

काठमाडौं– स्वास्थ्य बीमाबाट बीमित बिरामीले एक आर्थिक वर्षमा बहिरंग (ओपीडी)

जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र

साउथ सुपरस्टार रामचरण बने जुम्ल्याहा सन्तानका पिता

काठमाडौँ– दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता रामचरण र उनकी पत्नी

पोखराको पर्यटनमा नयाँ आयाम थपिरहेको पुम्दिकोट (तस्बिरहरू)

काठमाडौं– पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ

इन्डोनेसियाली ‘पेट्रोल गडफादर’ विरुद्ध रेड नोटिस

जकार्ता– इन्टरपोलले २८ करोड ५० लाख अमेरिकी डलर बराबरको ठूलो