पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा « Khabarhub

पूर्वप्रधानमन्त्री चन्दलाई भेट्न उद्योगमन्त्री अस्पतालमा


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन् ।

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए। उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मंगलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताएका थिए । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १ : १८ बजे

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा