सिराहा भन्सारको राजस्व संकलनमा कमी « Khabarhub

सिराहा भन्सारको राजस्व संकलनमा कमी


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

गोलबजार– जिल्लाको सिराहा नगरपालिका–१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको हो ।

सिराहा भन्सार कार्यालयले गत आर्थिक वर्षमा नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालले ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व सङ्लकन गरेको सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए।  

कार्यालयले गत आवमा ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । 

सापकोटाका अनुसार आव २०८०-८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाई पाँच करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । 

तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो । चालु आवमा रु १२ करोड १२ लाख ९२ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ ।

भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए।

‘भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठूला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो’, उनले भने। 

आव २०७९-८० मा रु १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा नौ करोड ३६ लाख १० हजार मात्र संकलन भएको थियो । चोहरर्वा–सिराहा खण्ड विस्तार ढिलाइ हुँदा यस क्षेत्रको व्यापारमा असर परेको सापकोटाको बुझाइ छ । 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  २ : १९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच