पाकिस्तानमा आईएसआईलाई फोन कलमा निगरानी गर्न दिने सरकारको निर्णयको विरोध « Khabarhub

पाकिस्तानमा आईएसआईलाई फोन कलमा निगरानी गर्न दिने सरकारको निर्णयको विरोध


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सरकारले मुलुकको जासुसी निकाय आईएसआईलाई जनताको फोन कलमा पहुँच दिएको भन्दै त्यहाँको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ ।

पाकिस्तानको मानव अधिकार आयोगले विज्ञप्ति जारी गर्दै सरकारले आईएसआईलाई जनताको फोन कल ट्रेस गर्ने अख्तियारी दिएकोप्रति चिन्ता व्यक्त गरेको हो ।

आयोगले संघीय सरकारको उक्त कदम असंवैधानिक भएकोभन्दै आपत्ति जनाएको छ । यसअघि पाकिस्तान सरकारले राष्ट्रिय हितको रक्षाका लागि भन्दै आईएसआईलाई जनताको फोन कल ट्रेस गर्न दिने निर्णय गरेको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आयोगले पाकिस्तानी संविधानको धारा ९, १४ र १९ मा जनताको स्वतन्त्रता र गोपनियताको हक सुरक्षित रहेको उल्लेख गरेको छ। सरकारको उक्त कदमबाट जनताको मौलिक हकमा प्रत्यक्ष असर पर्ने आयोगको ठहर छ ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : ०३ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)