नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौंमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो ।

नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ । मैत्रीपूर्ण खेलले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए । उनले नेपालको राष्ट्रिय भलिबल टिमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए ।

त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरूले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : २१ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा