नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने « Khabarhub

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच काठमाडौंमा दुई मैत्रीपूर्ण खेल आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दुई टोलीबीच मैत्रीपूर्ण खेल आयोजना हुने जानकारी दिएको हो ।

नेपालले मैत्रीपूर्ण खेलका लागि अरुणा शाहीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा समेत भइसकेको छ । मैत्रीपूर्ण खेलले दुईदेशबीचको सम्बन्ध थप प्रगाढ हुने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए । उनले नेपालको राष्ट्रिय भलिबल टिमलाई थप बलियो र अनुभवी बनाउन मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने उल्लेख गरे ।

त्यस्तै नेपाली राष्ट्रिय महिला भलिबल टिमका कप्तान अरुणा शाहीले रसियन टोलीको मैत्रीपूर्ण खेलले अनुभवका साथै सिक्ने अवसर पनि प्राप्त हुने बताए ।

त्यस्तै रसियन भलिबल टोलीका प्रतिनिधिहरूले पनि नेपालसँगको मैत्रीपूर्ण खेलका लागि उत्साहित भएको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : २१ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र