विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत « Khabarhub

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोकपूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताएका छन् । आज मेलम्ची नगरपालिका–३ हैबुङस्थित स्वास्थ्य चौकी भवन उद्‌घाटन तथा निःशुल्क स्वास्थ्य शिविरको उद्‌घाटन गर्दै उनले विकास निर्माण, स्वास्थ्य, शिक्षालगायतका काममा सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रतिनिधिसभा सांसद बस्नेतले आफ्नो कार्यकालमा विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरेको उल्लेख गर्दै राज्यले नै शिक्षा र स्वास्थ्यलाई बढी जोड दिनुपर्ने बताए। उनले नवनिर्मित स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।   

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन एक करोड ५० लाख बजेट प्रदेशबाट विनियोजन गरिएको जानकारी दिए। उनले नवनिर्मित स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउनुपर्ने र त्यसका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए। 

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले अस्पतालमा आवश्यक  जनशक्ति र कर्मचारीको व्यवस्था नगरपालिकाले गर्ने र अन्य उपकरण प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउन आग्रह गरे । 

नगर उपप्रमुख उमा प्रधानले सुविधा सम्पन्न भवन बनेसँगै गुणस्तरीय र सहज रूपमा सेवासुविधा प्रदान गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य चौकी निर्माणसँगै यस क्षेत्रका नागरिकले मेलम्ची वा काठमाडौँ पुग्नुपर्ने बाध्यता अन्त्य गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। 

निवर्तमान नगरप्रमुख डम्बर अर्याल, निवर्तमान उपप्रमुख भगवती नेपाल, पूर्ववडाध्यक्ष तथा जग्गादाता वसन्त गुरूङ, वडा नं ३ का अध्यक्ष कुमार बञ्जराले अस्पताल निर्माणमा सहयोग गर्नेप्रति आभार प्रकट गरे। 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ६ : ०९ बजे

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा