हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान | Khabarhub Khabarhub

हनुमन्ते नदी पस्यो बस्तीमा, उच्च सतर्कता अपनाउन आह्वान


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायत क्षेत्रमा परेको भीषण वर्षाका कारण काभ्रेदेखि आएको बाढी हनुमन्तेमा नदीभन्दा माथि उर्लिएपछि बस्तीमा पसेको हो ।

भक्तपुरको थुसाचामा पुलमाथि बाढी पसेपछि जगातीबाट च्यामासिंह जाने सडक नै अवरुद्ध भएको छ । बाढी नदीबाट माथि आएर सडकबाट खोला बग्न थालेको छ । आसपासका घर एवं बस्तीमा पानी पसेको छ ।

भक्तपुरको हनुमान घाट, सूर्यविनायकका राम मन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्रमा बाढी बस्तीमा पसेर डुबानमा परेको छ । राम मन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको हो

हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलाहरुमा समेत बाढीको बहाव बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।

भक्तपुरको विभिन्न वर्षा मापन केन्द्र एवं जल तथा मौसम विज्ञान विभागले आज साँझ हनुमन्ते खोला जगातीको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहमा पुगेको नदी तटीय क्षेत्रमा बाढीको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन सन्देश एवं सूचना जारी गरेको छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई उच्च तयारीका साथ राखिएको जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ८ : ५३ बजे

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

सिमकोट– हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३

लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप

एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा सत प्रतिशत जनतामा आधारभूत

चीनको जनसङ्ख्या घट्ने क्रम जारी

बेइजिङ– छ दशकभन्दा बढीको जनसङ्ख्या वृद्धिपछि जनसङ्ख्या घट्दो क्रममा रहेको