भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने | Khabarhub Khabarhub

भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले माल्दिभ्समा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोग गर्ने प्रतिबद्धता जारी राख्ने भएको छ। पछिल्लो समय दुई मुलुकबीच सम्बन्ध सुमधुर बन्दै जाँदा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

माल्दिभ्स भारतीय उच्चायुक्तले मुलुकको उत्तरी क्षेत्रमा निर्माणाधीन हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोगलाई जारी राख्ने जनाएको छ ।

हालैमात्र माल्दिभ्सका निर्माण तथा पूर्वाधारमन्त्री डा. अब्दुल्लाह मुत्थैलिब, यातायात तथा नागरिक उड्डयनमन्त्री मोहम्मद अमिन र मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महेश्वरले सो विमानस्थल निर्माण परिसरको भ्रमण गरेका थिए ।

भारतीय सहयोगमा निर्माणाधीन सो विमानस्थलको निर्माण प्रक्रिया ६७ प्रतिशत सम्पन्न भइसकेको भारतीय टेलिभिजन डब्लूआईओएनले उल्लेख गरेको छ । मालदिभ्स भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशकंरले सन् २०२३ जनवरीमा शिलान्याश गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ३६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ