गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर « Khabarhub

गाईजात्रा : रिपोर्टस् क्लबमा कलाकारहरूले गरे नेताहरूको क्यारिकेचर


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं विकृतिविरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा पर्व मनाइएको छ ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउँछ ।  गाईजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना समेत आयोजना हुदै आएको छ । 

यस्तै गाईजात्राका अवसरमा रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा हास्यकलाकारसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा हास्यकलाकारहरुले मुलुकको राजनीतिक लगाएका अवस्थाका बारेमा हास्यव्यङ्ग्यका रुपमा कटाक्ष गरेका थिए । हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे

हाँस्यकलाकार हिमेश पन्तले पनि बेतिथिमाथि व्यङ्ग गर्नुभएको थियो भने हाँस्यकलाकार जितु नेपालले वर्षौदेखि गाईजात्रामा व्यङ्ग्य गर्दापनि नेताहरू नसुध्रिएको बताए । हाँस्यकलाकार राजा राजेन्द्रले राजा राजेन्द्रले स्वर्गीय पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, महानायक राजेश हमाल, प्रधानमन्त्री ओली, शेरबहादुर देउवा, प्रचण्ड, डा. बाबुराम भट्टराइलगायतको क्यारिकेचर गरे  । त्यस्तै हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत व्यङ्ग्य गरे

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  २ : २७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने