गाजा युद्धविरामका लागि प्रयास जारी « Khabarhub

गाजा युद्धविरामका लागि प्रयास जारी


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजा युद्धविरामका लागि वार्ताका लागि मंगलबार इजिप्टतर्फ प्रस्थान गरेका छन् । 

सोमबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गरेका ब्लिन्केन त्यसपछि कतार जाने कार्यक्रम रहेको छ । कतारले इजिप्टसँग मिलेर १० महिना लामो गाजा द्वन्द्वमा युद्धविरामका लागि वार्ताको मध्यस्थता गरिरहेको छ ।

इजरायली किबुट्ज समुदायले गाजामा बन्धक बनाइएका ७९ वर्षीय अव्राहम मुन्दरको मृत्यु भएको घोषणा गरेसँगै उहाँ तेल अभिभबाट इजिप्ततर्फ गएका हुन् । 

मुन्दरले महिनौँसम्म शारीरिक र मानसिक यातना भोगेको दावी गर्दै किब्बुट्ज समुदायले उनको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएको छ । उनको अपहरणमा सम्लग्न हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । 

सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग उनको ग्रीष्मकालीन दरबार रहेको सन् १९४२ मा दोस्रो विश्वयुद्धका लागि प्रसिद्ध भूमध्यसागरीय शहर एल अलामिनमा कुराकानी गर्न अमेरिकी उच्च कूटनीतिज्ञ इजिप्ट गएका हुन् ।

अल–सिसीसँगको भेटपछि उनी कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग दोहामा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

दोहा वार्तामा संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीचको खाडल कम गर्न  राष्ट्रपति जो बाइडनले मे ३१ मा तयार पारेको युद्धविरामको खाकामा हस्ताक्षर गर्न प्रस्ताव प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : ४५ बजे

राजनीतिक दाउमा कलाकार : प्रत्यक्षदेखि समानुपातिकसम्म चुनौती

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यसपटक

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण