कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै मन्त्रालय « Khabarhub

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दै मन्त्रालय


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने बताएका छन् । 

धादिङबाट काठमाडौं आएर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूसँग मंगलबार भेटघाट गर्दै मन्त्री अधिकारीले भने,‘तपाईंहरूको साथ सहयोग, समर्थन र शुभेच्छाले कृषिमन्त्रीको जिम्मेवारी पाएको छु । यसलाई देश र जनताको हितमा सकेसम्म काम गर्ने छु । सकिन भने पनि कलंकको टिका लाग्न दिन्न ।’

कृषि क्षेत्रमा राज्यले अनुदानमा धेरै लगानी गरेपनि त्यसको सदुपयोग नभएको चर्चा गर्दै उनले भने, ‘कृषि मन्त्रालयले पछिल्लो ५-७ वर्षको बीचमा अर्बौं रुपैयाँ अनुदान दिएको रहेछ । २०-२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन । यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिंदैन भने कसले दिँदैनन् ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’

आफूले मन्त्रालय सम्हाल्दा कर्मचारी आन्दोलन देखिका सावत समस्याहरू रहेको चर्चा गर्दै अधिकारीले दुग्धकिसानको दूधको पैसा देखि उखु किसानको पैसा दिन बाँकी रहेको बताए ।

 ६५ रुपैयाँमा किनेको दूध ९५, ९८ र १०० रुपैयाँ लिटरमा बिक्री गरेर बीचमा ३० रुपैयाँ पनि लिने, त्यसको मख्खन पनि झिक्ने अनि किसानलाई चाहिँ पैसा छैन भनेर नदिने, यस्तो मुलुक अन्त कतै पाइएला भन्ने प्रश्न गर्दै अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको जानकारी दिए । 

डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जनाउँदै उनले भने,‘ बाँकी रकम पनि निकासका लागि प्रयास भइरहेको छ ।’

मन्त्रालयमा अप्ठ्याराहरू रहेको जनाउँदै अधिकारीले भने, ‘उखु किसानलाई गत वर्षको भुक्तानी दिन नसक्ने हो भने दशैंको बेलामा जुलुस निस्कँदैछ । त्यो पनि जानकारी छ । रकम निकासका लागि प्रयास गरिरहेको छु ।’ 

मन्त्री अधिकारीले कृषि मन्त्रालय र साँच्चैका किसानको बीचमा ठूलो खाडल रहेको र त्यसलाई कसरी पुर्ने भनेर लागि परेको जिकिर गरे । राजनीतिक दलप्रति जनताको वितृष्णा रहेको स्वीकार्दै अधिकारीले कांग्रेस–एमालेको वर्तमान गठबन्धनले जनतामा उत्साह जगाउनेगरी काम गर्नुपर्ने र गर्ने बताए । 

‘राज्यप्रति जनताको भरोसा टुटेको छ, त्यसमा उत्साह जगाउन सबैले भूमिका खेल्नुपर्ने छ,’उनले भने,‘जिम्मेवारीबाट भाग्न सकिने अवस्था छैन । भागिंदैन ।’ आफूबाट कुनै गल्ती गरे र भए सञ्चार माध्यम र सञ्चारकर्मीले औल्याइदिन आग्रह गर्दै अधिकारीले त्यसलाई सकारात्मकरुपमा आफूले ग्रहण गर्ने पनि जनाए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : २८ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये