विश्वमा मंकीपक्सको सङ्क्रमण बढ्दै, कंगोमा ५७० जनाको मृत्यु « Khabarhub

विश्वमा मंकीपक्सको सङ्क्रमण बढ्दै, कंगोमा ५७० जनाको मृत्यु


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विश्वमा मंकीपक्सको सङ्क्रमण लगातार बढिरहेको छ । अफ्रिकी देश कंगोमा १६ हजारभन्दा बढीलाई मंकीपक्सको सङ्क्रमण देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार मंकीपक्सबाट कंगोमा मात्र अहिलेसम्म ५७० भन्दा बढीको मृत्यु भइसकेको छ । कंगोली सरकारले अमेरिका र जापानबाट खोप मागेको छ ।

मंकीपक्सको सङ्क्रमण अफ्रिकी देशहरूमा लगातार बढेपछि विश्व स्वास्थ्य संगठनले हालै विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

 प्रजातान्त्रिक गणतन्त्र कंगोमा यो रोग सुरु भएपछि छिमेकी देशहरूमा फैलिएको छ । अमेरिकाले कंगोलाई संक्रमणसँग लड्नका लागि ५० हजार खोप दिन आग्रह गरेको बताइएको छ । जापानले सोमबार मात्र बालबालिकाका लागि ३५ लाख खोप उपलब्ध गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनले यो रोगसँग लड्न नयाँ निर्देशिका पनि जारी गरेको छ । मंकीपक्सको प्रकोप हुने क्षेत्रमा खोप लगाउने रणनीति अपनाउनुपर्ने डब्लुएचओले जनाएको छ । 

संगठनले मंकीपक्स र यसको फैलावटका घटनाहरूको छानबिन गर्न पनि आग्रह गरेको छ। डब्लूएचओले स्वास्थ्य विभागलाई हरेक हप्ता नयाँ केसको रिपोर्ट तयार गर्न भनेको छ ।

मंकीपक्स पीडितको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान, अनुगमन र सहयोग गर्नुपर्ने संस्थाले जनाएको छ । साथै संक्रमित मानिसहरूलाई खाना र अन्य सहयोग उपलब्ध गराउन तयार रहन समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ३२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण