जब भारतीले देउवालाई लगाइन् किताब फिर्ता नगरेको आरोप | Khabarhub Khabarhub

जब भारतीले देउवालाई लगाइन् किताब फिर्ता नगरेको आरोप


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किताबलाई लिएर एउटा आरोप झेल्नु परेको छ।

‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा देउवाले किताब फिर्ता नगरेको आरोप झेल्नु परेको हो ।

कार्यक्रममा वक्ताका रुपमा आएकी प्रदीप गिरि पत्नी भारतीय सिलवाललले देउवालाई किताव फिर्ता नगरेको आरोप लगाउँदै व्यंग्य कसिन् ।

कांग्रेस नेता स्व. गिरि पत्नी भारतीले मञ्चबाटै देउवाले आफ्नो किताब लगेर फिर्ता नगरेको गुनासो गरेपछि कार्यक्रमस्थलमा हाँसो छाएको थियो । उता देउवा पनि केही अप्ठेरो मानेर हाँसिरहेका थिए।

‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन, हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ’, उनले भने, ‘उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना… ।’

उनले आफ्नो निवासबाट शेरबहादुरले कृष्णमूर्तिको किताब लगेको खुलाइन् । ‘शेरबहादुरजीले लैजानुभएको कृष्णमूर्तिको किताब… । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो’, उनले भनिन्, ‘छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’

त्यसपछि बोल्न मञ्चमा चढेका देउवाले आफूलाई त्यसरी किताब लगेको सम्झना नै नरहेको पनि बताए । ‘भारती सिलवालजीले एउटा कुरा भन्नुभएको छ,उहाँको किताब मैले लगेको भनेर । त्यसको मलाई सम्झना छैन, तैपनि किताबले मलाई फाइदै भयो होला । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ४५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय