जब भारतीले देउवालाई लगाइन् किताब फिर्ता नगरेको आरोप « Khabarhub

जब भारतीले देउवालाई लगाइन् किताब फिर्ता नगरेको आरोप


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले किताबलाई लिएर एउटा आरोप झेल्नु परेको छ।

‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा देउवाले किताब फिर्ता नगरेको आरोप झेल्नु परेको हो ।

कार्यक्रममा वक्ताका रुपमा आएकी प्रदीप गिरि पत्नी भारतीय सिलवाललले देउवालाई किताव फिर्ता नगरेको आरोप लगाउँदै व्यंग्य कसिन् ।

कांग्रेस नेता स्व. गिरि पत्नी भारतीले मञ्चबाटै देउवाले आफ्नो किताब लगेर फिर्ता नगरेको गुनासो गरेपछि कार्यक्रमस्थलमा हाँसो छाएको थियो । उता देउवा पनि केही अप्ठेरो मानेर हाँसिरहेका थिए।

‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो । उहाँलाई याद छ कि छैन, हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ’, उनले भने, ‘उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना… ।’

उनले आफ्नो निवासबाट शेरबहादुरले कृष्णमूर्तिको किताब लगेको खुलाइन् । ‘शेरबहादुरजीले लैजानुभएको कृष्णमूर्तिको किताब… । उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो’, उनले भनिन्, ‘छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ । तर, उहाँले मेरो किताब फर्काउनुभएको छैन । म त्यो किताबको प्रतीक्षामा छु ।’

त्यसपछि बोल्न मञ्चमा चढेका देउवाले आफूलाई त्यसरी किताब लगेको सम्झना नै नरहेको पनि बताए । ‘भारती सिलवालजीले एउटा कुरा भन्नुभएको छ,उहाँको किताब मैले लगेको भनेर । त्यसको मलाई सम्झना छैन, तैपनि किताबले मलाई फाइदै भयो होला । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ४५ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे