नेपाल र बङ्गलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा | Khabarhub Khabarhub

नेपाल र बङ्गलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समुह ए बाट नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन् ।

समुह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बङ्गलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बङ्गलादेश सेमिफाइनलमा पुगेका हुन् । समुह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो ।

समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलङ्का सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बङ्गलादेशले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बङ्गलादेश र श्रीलङ्कासँगै रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल बिहिबार बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ४७ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको