पाकिस्तानमा डुबान, मन्त्री भन्छन्– हाम्रो संरचनाले भारी वर्षा धान्नै सक्दैन « Khabarhub

पाकिस्तानमा डुबान, मन्त्री भन्छन्– हाम्रो संरचनाले भारी वर्षा धान्नै सक्दैन


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा निर्मित भौतिक संरचनाले भारी वर्षा धान्नै नसक्ने पाकिस्तानका एक जना मन्त्रीले स्वीकार गरेका छन् । पछिल्लो समय भारी वर्षाका कारण पाकिस्तानको कराँची शहरमा डुबान भइरहेको अवस्थामा मन्त्रीको यस्तो बयान आएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार सिन्ध प्रान्तका मन्त्री सइद घानीले भारी वर्षाका लागि भौतिक संरचना तयार नभएको स्वीकार गरेका हुन् ।

 ‘मैले जहिल्यै पनि सत्य बोल्दै आएको छु । मैले धेरै पटक भन्दै आएको छु र आज पनि दोहोर्‍याउँछु– हामी भारी वर्षा धान्न सक्दैनौँ ।’ मन्त्री घानीलाई उद्धृत गर्दै डनले जनाएको छ ।

उनले कराँची शहरमा भारी वर्षा धान्नेगरी संरचनागत प्रणाली नै नरहेको समेत उल्लेख गरे । अमेरिका र युएईजस्ता विकसित मुलुकले समेत भारी वर्षाको समयमा चुनौतीको सामना गर्नु परिरहेको उल्लेख गर्दै उनले सानो पानी पर्दा खासै केही नहुने भएपनि ठूलो पानी पर्दा जनताले समस्याको सामना गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ५ : ५७ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको