बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म १९० को मृत्यु | Khabarhub Khabarhub

बाढी, पहिरोलगायतका विपदमा परी हालसम्म १९० को मृत्यु


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।

विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

 आज नेपाल प्रहरीले जारी गरेको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ३८ जना घाइते भएका छन् । 

साथै  काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी एक  सय १४ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना बेपत्ता भएका छन् ।

बाढीको कारण जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् भने तीन सय २७ वटा घर, एक सय १२ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । साथै विपद्मा परी आठ सय ५२ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय १९ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ०१ बजे

जेन-जी आन्दोलनमा दोलखाका तीन जनाले गुमाए ज्यान

दोलखा– जेन-जीहरुको आन्दोलनमा परेर दोलखाका तीन जनाले ज्यान गुमाएका छन्

जेन-जीको आन्दोलनमा निजी क्षेत्रमा भएको क्षतिप्रति महासंघ दुख व्यक्त

काठमाडौं– जेन-जी पुस्ताले मुलुकभर चलाएको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति

रविको फोटोसहित सडकको पर्खालमा टाँसियो- नख्खुबाट कैदी भागेकाे सूचना

काठमाडौँ- गत मंगलबार देशभर भएको विध्वंसको फाइदा उठाउँदै हुलहुजज्जतसहित नख्खु

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन

नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

काठमाडौं– गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुवाहक बस सञ्चालन हुन थालेका छन्