दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता | Khabarhub Khabarhub

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउनासाथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेसहितको टोलीसँग आज मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 

गत साता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे तीन रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताए । 

‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउनासाथ विस्तारको काम अघि बढ्नेछ’, उनले भने। 

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गरेका थिए । 

दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकाबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताए। 

उनले भने, ‘अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’

पन्ध्र शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको दुई रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।

अस्पतालले गत वर्ष ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि एक सय शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताए । 

यस्तै, अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उनको भनाइ छ ।  

यो अस्पताल विसं २०३४ मा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र विसं २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो । 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ०७ बजे

जेनजी आन्दोलनका नाममा बर्दिवासमा एक सय ८३ सालका रुख कटान

धनुषा – जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी

देशको अवस्था सामान्य नहुने बेलासम्म ‘कमेडी दरबार’ प्रसारण नहुने

काठमाडौं – जेनजी आन्दोलनले देशमा उत्पन्न असामान्य परिस्थितिको कारण देखाउँदै

संविधान बोक्दै काभ्रेमा पत्रकार र वकिलको मौन प्रदर्शन

काठमाडौँ – काभ्रेमा नेपाल पत्रकार महासङ्घको जिल्ला शाखा र नेपाल

दलसँग निकटताले निशानामा मीनबहादुर, विनोद चौधरीदेखि हिल्टन सञ्चालकसम्म

काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी

प्रदर्शनका क्रममा निस्केका सिसालाई अन्य फोहरसँग नमिसाउन आग्रह

काठमाडौं – काठमाडौँ महानगरपालिकाले जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका संरचनाबाट