फरार सांसद केसीले लुम्बिनीका मुख्यमन्त्रीलाई दिए विश्वासको मत, प्रहरी हेरेको हेर्‍यै « Khabarhub

फरार सांसद केसीले लुम्बिनीका मुख्यमन्त्रीलाई दिए विश्वासको मत, प्रहरी हेरेको हेर्‍यै


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको फरार सूचीमा रहेका लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी ‘डीबी’ ले मुख्यमन्त्री चेतनारायण आचार्यललाई विश्वासको मत दिएका छन् ।

फौजदारी मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सांसद केसीले मंगलबार प्रदेश सभा बैठकमा उपस्थित भएर आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा केसीलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवाना हुने फैसला सुनाएको थियो । तर बहुदल परिवर्तनलगत्तै २०४८ मा भएको फैसला अहिलेसम्म कार्यान्वयन नभएपछि केसीले निर्वाचनमार्फत प्रदेशसभाको यात्रा पनि गर्न भ्याएका हुन् ।

केसीविरुद्ध मुद्दा भने उनकै श्रीमती राधा केसीले दायर गरेकी थिइन् । केसीले सम्बन्ध विच्छेदका लागि नक्कली कागजपत्र बनाएको भन्दै दायर गरेको मुद्दामा अदालतबाट दोषी ठहर गरेर सजाय तोकिएको थियो ।

अदालतको फैसलाअनुसार केसी सजाय भुक्तानका लागि योग्य मानिस हुन् । उनलाई अदालतको फैसला अनुसार प्रहरीले फरार सूचीमा रहेका राखेको छ ।

तर उनै सांसद केसीले ढुक्कले प्रदेश सभामा छिरेर मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न प्रहरी भने रमिते बन्यो, सुरक्षासमेत दिइरह्यो ।

अदालतबाट दोषी ठहर केसी सांसदको उम्मेदवार पनि बन्न अयोग्य हुनुपर्ने हो । तर उनी नेपाली कांग्रेसबाट टिकट लिएर रूकुमपूर्वको प्रदेश (ख) देखि लुम्बिनी प्रदेशसभा यात्रामा निस्किए ।

केसी संसद्‍मा छिरेर बाहिरिँदा त्यहाँ तैनाथ प्रहरी त मौन थिएन, उच्च प्रहरी अधिकारीहरूले पनि माथिको आदेश भन्दै उनलाई पक्राउका लागि तदारुकता देखाएनन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत

केसीसहित पक्षमा उभिँदा लुम्बिनी प्रदेश एमालेबाट मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । 

मंगलबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो । त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको छ ।

एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : २५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर