मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली « Khabarhub

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ।

कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : १८ बजे

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको

सन् २०३० सम्म नेपालीको औसत आयु ३.७ वर्षले बढ्न सक्ने

काठमाडौं– नेपालमा सन् २०३० सम्ममा ६० लाख मानिसको ज्यान बच्न

पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता

चितवन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन

तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति

तनहुँ– हालैको वर्षाले तनहुँमा एक करोड बराबरको धानबालीमा क्षति भएको

फेरि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि