ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन « Khabarhub

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा ७ विकेटको जित हात पारेको छ। घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३६ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा ३१७ रन बनाएको हो।

गएको १ वर्षदेखि शानदार फर्ममा रहेका हेडले अविजित १५४ रन जोडे। १२९ बलको सामना गरेका उनले २० चौका र ५ छक्का प्रहार गरे। मार्नस लाबुसाङ्गेले ६१ बलमा ७७ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे। उनीहरूले चौथो विकेटका लागि अविजित १४८ रनको साझेदारी गरे। स्टेभन स्मिथ र क्यामरुन ग्रिनले ३२ रन जोडे। इंग्ल्यान्डका अदिल रसिदबाहेक अन्य कुनै बलरले १० ओभरको कोटा समेत पुरा गरेनन्। रसिदले ५९ रन खर्चेर १ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ३१५ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका लागि बेन डुकेटले ९१ बलमा ९५ रन जोडे। उनले ११ चौका प्रहार गरे। उनले ली जयाकसँग मिलेर दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए।

ज्याकले ५६ बलमा ६२ रन जोडे। ब्याट्सम्यान हाबी भएको खेलमा अस्ट्रेलियाले ८ जनालाई बलिङ गराएको थियो। संयोगवश ब्याटिङमा जमेका हेड र लामुसाङ्गे नै बलिङमा पनि जमेका थिए।

अस्ट्रेलियाले स्पिनर हाबी भएपछि यी २ लाई प्रयोग गरेको थियो। एडम जाम्पाले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए। यो मध्य दोस्रो विकेटको डरलाग्दो साझेदारी टुटाउन लिइएको ज्याक्सको विकेट समावेश थियो। लामुसाङ्गेले पनि डुकेटको रिटर्न क्याच लिँदै अस्ट्रेलियालाई खेलमा फर्काएका हुन्। उनले ६ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिए। हेडले ४.४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : २४ बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको