सुनसान‘ रिहार’ धाम « Khabarhub

सुनसान‘ रिहार’ धाम


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ। हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ।

दैनिक एक–दुई जना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन्। खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्।

पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ भारतबाट यसरी आउने गर्छन्। विशेषगरी त्यहाँ लाग्ने मेलामा भौरी (ढुङ्गा) बोकेर को बलियो छ भन्दै मन्दिर परिक्रमा गर्ने चलन छ। द्वापर युुगमा ऋषिमुनिहरूले बिहार गरेको स्थलका रूपमा रिहार परिचित छ।

बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन्। त्यहाँ अहिले १० लाखको लागतमा उद्यान (पार्क) पनि निर्माण भइरहेको छ। यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन्। “दिनमा दुई–तीन जनामात्र आउँछन्”, स्थानीय सम्झना चौधरीले भन्नुभयो, “कहिल्यै त शून्य हुन्छ।”

यो धामको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। द्वापर युुगमा ग्वालाहरूले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ। राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ। रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्दछन्। बगारबाबा खुसी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ।

रिहारलाई यदुवंशी अर्थात् यादवहरूले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन्। जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको सांस्कृतिक धरोहरका रूपमा लिने गरेका छन्। अर्को रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ। थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबालाई पूजाआजा गर्दै आएका छन्।

रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो। रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ। त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ। मामा–भाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ। यति धेरै संरचना हुँदा पनि पर्यटकको आकर्षण नबढ्नु दुःखद रहेको स्थानीय चौधरीले बताए।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ४८ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई