रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड (बयानको पूर्णपाठ) « Khabarhub

रवि प्रबन्ध निर्देशक हुँदा गोर्खा मिडियामा भित्रियो सहकारीको १७ करोड (बयानको पूर्णपाठ)

अमेरिकामा एक छोरा र दुई छोरी छन्, म सिजी हिल्समा बस्छु


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीहरूबाट गोर्खा मिडिया नेट्वर्कले टेलिभिजन चलाउन ल्याएको रकमबारे आफूलाई थाहा नभएको बयान दिएका छन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा उक्त कुरा उल्लेख गरिएको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिलाई ५१ वटा प्रश्नको जवाफ दिने क्रममा उनले गितेन्द्रबाबु राईले आफूलाई आकर्षक तलब दिने भनेपछि ग्यालेक्सी टेलिभिजनमा जोडिएको बताएका छन्।

रविले गोर्खा मिडिया नेट्वर्कको प्रबन्ध निर्देशक हुँदै ग्यालेक्सी टेलिभिजनमा जोडिँदा आफूले मासिक ५ लाख रुपैयाँ पारिश्रमिक लिएको पनि खुलाएका छन् । ग्यालेक्सीमा आवद्ध हुँदा आफूले अग्रिम ७५ लाख रुपैयाँ लिएको पनि बताएका छन् ।

रविले सहकारीको पैसा गोर्खा मिडियामा ल्याउने काममा आफ्नो संलग्नता पनि अस्वीकार गरेका छन् । उनले आफू कुनै पनि सहकारीको शेयर सदस्य नरहेको बताउँदै ग्यालेक्सी टेलिभिजन छोड्दा एक पैसो नलिएको उल्लेख गरेका छन् ।

उनले सहकारी संस्थालाई आफूले हानीनोक्सानी पुर्‍याउने कुनै काम नगरेको पनि बताएका छन् । रविले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको जिकिर गरेका छन् ।

रविले गोर्खा मिडियामा करिब एक वर्ष प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीको १७ करोड ३१ लाख रुपैयाँ भित्र्याइएको खुलेको छ । उक्त कुरा उनकै बयानबाट पुष्टि भएको हो । तर प्रबन्ध निर्देशक रहेका उनैले त्यो रकम जीबीले कसरी ल्याए भन्ने थाहा नभएको पनि बताएका छन् ।

आफू गोर्खा मिडियामा आवद्ध हुँदासम्म जीबी राईले सहकारी संस्था चलाउँछन् भन्नेसमेत जानकारी नभएको रविले बताएका छन् । आफू आउनुअघि नै जीबी र छविलाल जोशीले कम्पनी खडा गरिसकेको अवस्थामा १५ प्रतिशत शेयर दिएको कुरा उनले स्वीकारेका छन् ।

उनले बयानका क्रममा केही पारिवारिक विवरण पनि खुलाएका छन् । उनले अमेरिकामा एक छोरा र दुई छोरी बस्दै आएको बताएका छन् । उनले आफू सिजी हिल्स अपार्टमेन्टमा बस्ने गरेको पनि बताएका छन् ।

रविको बयानको पूर्णपाठ

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ४६ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको