संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे « Khabarhub

संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु राई (जीबी) ले ठगीको श्रृंखला नै चलाएको निष्कर्ष निकालेको छ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा जीबी राईले अनेक नेट्वर्किङ कम्पनीदेखि सहकारीसम्मको सञ्जाल नै खडा गरेर ठगी गरेको उल्लेख गरिएको छ ।

हर्बो ग्रुपले खोलेको साविक हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड कब्जा गरेर जीबीले गोर्खा ग्रुप अफ कम्पनी बनाएएपछि करिब ९०० मान्छेको बिचल्ली बनाएको पनि समितिले जनाएको छ ।

‘अहिले गोर्खा ग्रुपमा आफ्नो बहुमत बनाउन किर्ते शेयर बढाएको भन्ने पनि शेयरधनीहरूको गुणासो छ । यो कम्पनी लिमिटेड कम्पनी भएकोले छानबिन गरेर नयाँ सञ्चालक समिति बनाएर शेयरधनीहरूलाई न्याय दिनु पर्ने देखिएको छ’, समितिले भनेको छ ।

समितिले जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत विनालगानी शेयर हिस्सा लिने, विस्तारै सबै ऋणीहरूलाई धोका दिएर सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने गरेको पनि जनाएको छ ।

ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारबाही गर्नु पर्ने देखिन्छ’, समितिले भनेको छ ।

सहकारीको पैसा टेलिभिजनमा हालेर डुबेपछि अहिले जीबी फरार छन् । उनी हाल मलेसियामा लुकेर बसेको बताइन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ५८ बजे

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको