संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे « Khabarhub

संसदीय समितिको निष्कर्ष- कानुनी परिबन्दमा पारेर जीबी राई अरुको सम्पत्ति र कम्पनी हत्याउँथे


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गीतेन्द्रबाबु राई (जीबी) ले ठगीको श्रृंखला नै चलाएको निष्कर्ष निकालेको छ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा जीबी राईले अनेक नेट्वर्किङ कम्पनीदेखि सहकारीसम्मको सञ्जाल नै खडा गरेर ठगी गरेको उल्लेख गरिएको छ ।

हर्बो ग्रुपले खोलेको साविक हाम्रो ग्रुप अफ कम्पनी लिमिटेड कब्जा गरेर जीबीले गोर्खा ग्रुप अफ कम्पनी बनाएएपछि करिब ९०० मान्छेको बिचल्ली बनाएको पनि समितिले जनाएको छ ।

‘अहिले गोर्खा ग्रुपमा आफ्नो बहुमत बनाउन किर्ते शेयर बढाएको भन्ने पनि शेयरधनीहरूको गुणासो छ । यो कम्पनी लिमिटेड कम्पनी भएकोले छानबिन गरेर नयाँ सञ्चालक समिति बनाएर शेयरधनीहरूलाई न्याय दिनु पर्ने देखिएको छ’, समितिले भनेको छ ।

समितिले जीबी राईको समूहले हर्बो र गोर्खा ग्रुपका मातहतका व्यक्ति र कम्पनीहरूमा सहकारीको पैसा ऋण दिने, ऋण दिएवापत विनालगानी शेयर हिस्सा लिने, विस्तारै सबै ऋणीहरूलाई धोका दिएर सम्पत्ति र कम्पनी सबै कब्जा गर्ने गरेको पनि जनाएको छ ।

ऋणीहरूलाई कुनै न कुनै कानूनी परिबन्द पारेर फसाउने गरेको र धेरैको कम्पनी र सम्पत्ति कब्जा गरेको देखिएको पनि समितिको प्रतिवेदनमा उल्लेख छ ।

‘यो सबै विषयको लागि सरोकारवाला सबै निकायमा निर्देशन दिएर सत्य तत्थ छानबिन गर्दै कारबाही गर्नु पर्ने देखिन्छ’, समितिले भनेको छ ।

सहकारीको पैसा टेलिभिजनमा हालेर डुबेपछि अहिले जीबी फरार छन् । उनी हाल मलेसियामा लुकेर बसेको बताइन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  २ : ५८ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ