दुई वर्षमै १६ करोड घाटामा गएको थियो जीबी र रविको गोर्खा मिडिया « Khabarhub

दुई वर्षमै १६ करोड घाटामा गएको थियो जीबी र रविको गोर्खा मिडिया


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गितेन्द्रबाबु राई (जीबी) र रवि लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेट्‍वर्क सञ्चालनमा आएको दुई वर्षमै १६ करोड रुपैयाँ घाटामा गएको खुलेको छ ।

ठूलो कार्यक्रम गरेर तामझामसहित उद्घाटन गरिएको ग्यालेक्सी फोरके टेलिभिजनमा सुरुमा अत्यधिक खर्च गर्दा उक्त परिमाणको घाटा जीबी र रविले ब्यहोरेको भेटिएको हो ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा जीबी र रवि सञ्चालक रहेको कम्पनी खुलेको दुई वर्षमै डुब्ने अवस्थामा पुगेको उल्लेख छ ।

‘गोर्खा मिडिया नेटवर्क प्रा लि पहिलो २ वर्षमै १६ करोडको नोक्सानीमा रहनुको मुख्य कारण सुरूवाती चरणमा अधिकतम् तलब खर्च रहनु हो । गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्रै ६ महिनामा ११२ जना कर्मचारीको तलब खर्च २ करोड १९ लाख ३५ हजार ७११ रुपैयाँ ९८ पैसा लेखाङ्कन गरेको छ’, समितिको प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ मा २४४ जना कर्मचारीको तलब खर्च  १२ करोड ७३ लाख ८६ हजार ३२१ रुपैयाँ ९० पैसा लेखाङ्कन गरेको छ ।’

गोर्खा मिडिया नेटवर्क प्रालि नोक्सानीमा रहे पनि सम्पूर्ण तलब भत्ता समयमै भुक्तानी भएको र कर्मचारीलाई पेश्कीसमेत दिएको देखिएको समितिले जनाएको छ ।

तलवसँग सम्बन्धित विभिन्न शीर्षकमा सरकारलाई १ करोड ३६ लाख ७६ हजार ५६३ तिर्नु पर्ने बाँकी देखिएको पनि समितिले जनाएको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले संसदीय समितिसँगको बयानमा आर्थिक कारोबारको जिम्मेवार जीबी राई नै रहेको उल्लेख गरेका थिए।

तर समितिलाई प्राप्त विवरणअनुसार रवि लामिछानेलेले पनि कारोबार गर्न गरेको प्रतिवेदनमा उल्लेख छ । रविले हस्ताक्षर गरेका चेकहरूसमेत संसदीय समितिमा भेटिएका छन् । उनले विभिन्न मितिमा आफैंले काटेका चेकको विवरण पनि समितिले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ०९ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष