आजका समाचार : मनाइयो संविधान दिवस, देवानगञ्जमा गोली चल्यो, कांग्रेसको वडा अधिवेशन सुरु र मध्यपूर्वमा द्वन्द्व जारी « Khabarhub

आजका समाचार : मनाइयो संविधान दिवस, देवानगञ्जमा गोली चल्यो, कांग्रेसको वडा अधिवेशन सुरु र मध्यपूर्वमा द्वन्द्व जारी


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज संविधान दिवस मनायो

आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको स्मरणमा यो दिवस राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो।

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले शनिबार आयोजना गरेको कार्यक्रममा उनले शहीदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।’

जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उनले सरकारको हरेक कदम त्यही आकाङ्क्षातर्फ केन्द्रित रहेको र रहने प्रतिबद्धता व्यक्त गरे।

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा शुभकामना दिँदै संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा जारी शुभकामना सन्देशमा लामिछानेले नेपालको संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्।

उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको बताएका छन्।

लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बनेपछि मात्र सिद्ध हुने उनको भनाइ छ।

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

कांग्रेसको वडा अधिवेशन सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ ।

पार्टी केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका निकालेसँगै शनिबारदेखि औपचारिक रूपमा वडा अधिवेशन सुरु भएको हो । गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडाको अधिवेशनमा भाग लिन पाउने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

पार्टीको अधिवेशनमा वडाभित्रका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन् । उक्त अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्य निर्वाचित गर्नेछ । शनिबार पार्टी सभापति गगनकुमार थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत काठमाडौं महानगर २० नम्बर वडाको अधिवेशन उद्घाटन गरेका थिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन् ।

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

भदौमा पाँच अर्बको विद्युत् निर्यात

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि विमानस्थलले दिने उडान र अवतरण सेवा अवरुद्ध बनेको छ । विमानस्थल सुरक्षा ‘ट्र्याकिङ’ गर्ने वेबसाइटमा साउदी राजधानीको ‘रियाद किङ खालिद इन्टरनेशनल एअरपोर्ट’ मा विमानको उडान र अवतरण अवरूद्ध भएको वा ढिलो भएको रिपोर्ट गरिएको छ। यसअघि साउदी अधिकारीहरूले त्यहाँ हवाई आक्रमणको चेतावनी जारी गरेका थिए।

विमानस्थल नजिक साउदी तेल दिग्गज अरामकोको लोगो अङ्कित जलेको इन्धन ट्याङ्कीको आगो निभाउन दमकलकर्मीहरू देखिएकाघटनास्थलमा पुगेका एएफपीका एक पत्रकारले बताए । ‘फ्लाइटरडार–२४’ नामक ‘ट्र्याकिङ वेबसाइट’ले विमानस्थलमा ‘ठूला समस्याहरू’ भएको रिपोर्ट गर्दै यसलाई अधिकतम अवरोध सूचकाङ्कअन्तर्गत सूचीबद्ध गरेको छ। यो अवरोध छिमेकी यमनमा यस महिना लडाइँ तीव्र भएपछि साउदी अधिकारीहरूले जारी गरेको रात्रिकालीन हवाई आक्रमण चेतावनीपछि आएको हो ।

यमनमा साउदी हवाई आक्रमण तीव्र

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो खेलमा आगामी कात्तिक ९ गते साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ८ : १० बजे

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक