सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा « Khabarhub

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार बढीले अदालतहरूमा मुद्दा दायर गरेको पाइएको छ ।

संसदको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन समितिले अहिलेसम्म जिल्ला सहकारी वकील, उच्च सहकारी वकील र महान्याधिवक्ताको कार्यालयमा सहकारी संस्थाको बचत अपचलन भएको भन्दै २४ हजार २३४ जना उजरी दिएको जनाएको हो ।

समितिले छानबिनको प्रतिवेदन सार्वजनिक गर्दै सहकारी पीडितहरूले १४ सय १ जना अभियुक्तविरुरू १३३ वटा मुद्दा दायर गरेको जनाएको छ । ती मुद्दाहरूमा २ अर्ब १९ करोड ७२ लाख ६५ हजार १२ रूपैयाँ बराबरको बिगो दाबी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

दायर गरिएका मुद्दाहरूमध्ये जिल्ला सहकारी वकिलको कार्यालयमा १११ वटा, उच्च सहकारी वकिलको कर्यालयमा ८ र महान्याधिवक्ताको कार्यालयमा १४ वटा रहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : १३ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली