कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे « Khabarhub

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार रम्तेलले सहकारी ठगी गरेर जीबी राईले आफूलाई फसाएको बताएका छन् । 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, कोषाध्यक्ष, समानता सहकारीका सचिव तथा गोर्खा मिडिया नेटवर्क प्रालिमा आबद्ध कुमार रम्तेलसँग कास्की कारागारबाट झिकाएर समितिले बयान लिएको थियो । 

बयानका क्रममा रम्तेलले सहकारीको रकम ठगी गरेर फरार रहेका जीबी राईका नजिकका व्यक्ति भनिएका कुमार रम तेलसँग सहकारीले बयान लिएको थियो । सो बयानमा उनले ज्ञानबहादुर बम्जन, जीबी राई, भूपेन्द्र राई, दिनेश रोक्का, सागर केशी, असरफ अलि, थानबहादुर बुढा मगर र तस्वीरन खातुनले जीबी राईसँग जोडिएर सहकारीको रकम अपचलन गरेको दाबी गरे । 

उनले फरार रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकहरूलाई झिकाई कानूनसम्मत काम गर्ने वातावरण सिर्जना गरिदिएमा समस्या समाधान हुने समेत बताए । 

उनले ३८ प्रश्नको जवाफ समितिलाई दिएका छन् । ३८ प्रश्नको जवाफ दिने क्रममा उनले  भनेका छन्, ‘यी सहकारी ठगीमा संलग्न मुख्य व्यक्तिहरू ज्ञानबहादुर बम्जन, गितेन्द्र बाबु राई, देवेन्द्र बाबु राई, भूपेन्द्र राई, दिनेश रोक्का, सागर के.सी., थानबहादुर बुढामगर, असरफ अली र तस्वीरन खातुन हुन् । मैले बचतकर्ताको रकम फिर्ता गर्न हाल पनि प्रयास गरिरहेको छु तर विगतमा मैले जिबी राईलाई त्यति धेरै सहयोग गर्दा पनि मलाई धोका दिएर भागेका छन् । विगत १२ महिना देखि म कारागारमा बस्दा समेत कोही कसैले भेट्न समेत आएको छैन । म बसिरहेको घर लिलाम भई म कारागारमा मेरो परिवार हाल डेरामा बस्नु पर्ने अवस्थामा पुगे । मेरो छोरा बहिनी सँग बसिरहेको छ । श्रीमतीको स्थिति अज्ञात छ । तर कोही कसैले मलाई सहयोग गर्नु भएन। मलाई थाहा जानकारी भएसम्म उनको मातहतमा रहेका व्यावसायिक एवं वित्तीय संस्थाहरूको आर्थिक कारोबार उनी स्वयम् र व्यवस्थापकहरू भूपेन्द्र राई, स्वर्णलक्ष्मी, सागर केसी सुप्रिम, दिनेश रोका सहारा चितवन, थान बहादुर बुढामगर सूर्यदर्शन, तस्विरन खातुन सानोपाईला, सँग सम्बन्धित रहेर मात्र गर्ने गरेका थिए। यसको जानकारी कुनै पनि डमी सञ्चालक समितिहरूलाई कहिले पनि थाहा दिएनन् र जानकारी भएन। म हाल शेयर धनी देखिएको गोर्खा मिडिया नेटवर्क प्रालि.र जि बी ग्रुप अफ कम्पनी प्रालिमा सहकारी संस्थाहरूबाट रकम कारोबारहरू गरिँदाको समयमा म यी संस्थाहरूमा कुनै पनि हिसाबले संलग्न थिइन। यो कुरा उक्त संस्थाको शेयर लागतहरूबाट स्पष्ट हुन्छ । यी संस्थाहरूको सञ्चालनमा समस्या आउँदै गएपछि उक्त बाध्यात्मक परिस्थितिमा गितेन्द्र बाबु राईले उक्त संस्थाहरूबाट केही प्रतिशत रोयल्टी शेयरको व्यवस्था सहित मलाई संस्था सु९व्यवस्थापनको जिम्मेवारी दिनुभएको थियो। म पदाधिकारी थिइन। उक्त कारोबार गरिँदाको बखत रकम लिइदिने दुवै तर्फको संस्थाहरूका तत्कालीन पदाधिकारीहरूलाई जिम्मेवार ठहन्याउनु पर्नेमा उनीहरूलाई उन्मुक्ति दिने र मलाई पुर्पक्षको लागि थुनामा राख्ने कुरा न्यायोचित भएको मलाई लाग्दैन । गितेन्द्र बाबु राईसँग जोडिएका सहकारी संस्थाहरूमा मेरो नाम जोडिएको छ ती मैले नेचर नेष्ट प्रालि।सँग गरेको १५ वर्षे सम्झौताको आडमा कति थाहै नदिई कति मन्जुरी नलिई, कति बाध्यतामा पारी डमी पदाधिकारीको रूपमा उभ्याइएको पात्र मात्र हुँ । तसर्थस् फरार रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकहरूलाई झिकाई कानूनसम्मत् काम गर्ने वातावरण सिर्जना गरिदिएमा समस्या समाधान हुन्छ । यी सम्पूर्ण गतिविधिहरूमा मेरो संलग्नता नभएको कारण म निर्देश छु । मैले न्याय पाउनुपर्छ ।’

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : १८ बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले