संस्कृति संकटमा परे राज्यको परिचय नै संकटमा पर्छ : मन्त्री दाहाल « Khabarhub

संस्कृति संकटमा परे राज्यको परिचय नै संकटमा पर्छ : मन्त्री दाहाल


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली समाजको विविधता नै नेपालीको पहिचान भएको बताएका छन् ।

पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान सङ्घ झापाको प्रतिनिधि मण्डलसँग काठमाडौँमा भएको भेटमा मन्त्री दाहालले नेपाली मौलिकता र नेपाली सङ्गीतको संरक्षण सबैको साझा दायित्व भएको बताए । नेपालका सबै जाति, भाषा, संस्कार र संस्कृति संरक्षणमा सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । 

नेपाली मौलिकताको संरक्षणका लागि नयाँ पुस्तालाई आकर्षित गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले कुनै पनि जातजातिको संस्कृति संकटमा परे राज्यको  परिचय नै संकटमा पर्ने बताए।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सबै जातजातिको संस्कृति संरक्षणका लागि आफ्नो मन्त्रालयले सक्दो पहल गर्ने बताए। 

पूर्वाञ्चल गन्धर्भ सांस्कृतिक उत्थान सङ्घका अध्यक्ष रवीन गन्धर्वले आफ्नो संस्थाले नेपाली मौलिक सङ्गीतको संरक्षण गर्न देशव्यापी अभियान सञ्चालन गरिरहेको बताए । 

गन्धर्व जातिलाई लोपोन्मुख जातिमा सूचीकृत गर्नुपर्ने, नेपाली मौलिक संस्कृतिको संरक्षण गर्नुपर्ने, सङ्गीतमाथिको हस्तक्षेप रोक्नुपर्नेलगायतका विषयमा जागरण फैल्याउन अभियान थालिएको उनको भनाइ थियो । 

सो अवसरमा झापाको कचनकवल गाउँपालिकामा गन्धर्व सङ्ग्रहालय, सभाहल, पहुँचमार्गलगायतका संरचना निर्माण गर्न तथा गन्धर्व बस्तीमा ‘होमस्टे’ सञ्चालन गर्न आवश्यक सहयोगका लागि आग्रह गरिएको अध्यक्ष गन्धर्वले जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ३६ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा